काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको दाबी गरेका छन्। संसदबाट दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य भएको टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्,‘ सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका साथै आफ्ना