सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ ।
काठमाडौं। प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बार एशोसिएसनले ५ दिने अल्टिमेटम दिएको छ। इजलाश बहिस्कार गर्ने १५ न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिन नहुने बताएका छन्। देशभर ५४९ जनामा कोरोना संक्रमित थपिएका छन्।
परराष्ट्रमन्त्री नारायण खड्काको गैरसंवैधानिक शपथ बदर गराउन माग गर्दै सर्वोच्च अदालतमा आज उत्प्रेषण, परमादेशको रिट दर्ता भएको छ ।
अधिवक्ता विशाल न्यौपानेले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्री खड्कासमेतलाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको हो ।
नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानूनबमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेक...
काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । जेठ ११ मा विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो ।विपक्ष
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार रामशाह पथस्थित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने क्रममा । रासस
प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुले सोमबार रिट दर्ता गराएका हुन् । यस्तो छ रिटको पूर्णपाठ:
प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुले सोमबार रिट दर्ता गराएका हुन् । रिट दर्ता गरिएको सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रातोपाटीलाई बताए । रिटमा चार राजनितिक दलका दलका १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसम