प्रदेश १ : भू–उपयोगमा धनकुटा अब्बल, सुनसरीमा छन् धेरै किसान

प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्ला धनकुटा रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्याङ्क अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गर्दा सबैभन्दा कम भने ओखलढुङ्गाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुङ्गाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उप

सम्बन्धित सामग्री

विराटनगर दुग्ध वितरण आयोजना : दुग्ध पदार्थ विक्री नहुँदा किसानले पाएनन् भुक्तानी

विराटनगर । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले प्रदेश १ र २ का समेत गरी ७ हजार दुग्ध किसानलाई चार महीनादेखिको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । आयोजनाले संकलित दूधको फागुन, चैत, वैशाख र जेठकोे भुक्तानी किसानलाई दिन बाँकी रहेको हो । निजी कम्पनीभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दूध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेको बताउँछन् इलामका किसान विष्णुप्रसाद दुराल । उनी सम्बद्ध उज्यालो कृषि सहकारीले दैनिक २ सय लिटर दूध दुग्ध वितरण केन्द्र विराटनगरलाई दिँदै आएको छ । उनको सहकारीलाई नै प्रतिलिटर न्यूनतम ४५ रुपैयाँको दरले हिसाब गर्दा पनि केन्द्रले १० लाख ८० हजार रुपैयाँ दिन बाँकी छ । किसानले दूधको रकम समयमा भुक्तानी नपाउदा गाईभैंसीलाई खुवाउने चोकर, दाना, भिटामिन लगायत किन्न सक्दैनन् । दूधको आम्दानीबाटै उनीहरूले घरको समेत खर्च चलाउनुपर्ने अवस्था छ । तर लामो समय भुक्तानी नपाउँदा आफूहरू निकै मर्कामा परेको किसान दुरालले बताए । धनकुटाको छथर जोरपाटीका किसान डिकबहादुर खड्काका २० माउ गाई छन् । उनले दैनिक दैनिक २२० लिटर दूध स्थानीय चिस्यान केन्द्रलाई दिँदै आएका छन् । केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दूध विक्री गर्छ । चिस्यान केन्द्रबाट उनले १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम भुक्तानी नहुँदा गाईलाई खुवाउने पोषिलो दाना खुवाउन नपाएको उनले बताए । यसकारण दूधको दैनिक उत्पादन घटेर ४० लिटरमा झरेको उनले सुनाए । अर्का किसान घमण्डबहादुर थापाले समयमा दूधको रकम भुक्तानी नपाउँदा गाईलाई खुवाउने दानाको समस्या भएको बताए । उनका अनुसार निषेधाज्ञाका कारण ढुवानी नहुँदा पशुआहाराको अभाव छ । अर्काेतिर, किनेर ल्याउन पैसा छैन । ९ माऊ गाई भएका उनले पहिले दैनिक एक सय लिटरसम्म दूध विक्री गर्दै आएका थिए । अहिले दैनिक ७० लिटर मात्र  विक्री गरिरहेका छन् । दुग्ध संकलन केन्द्रहरूबाट दैनिक संकलित दूध प्रशोधन गरी आयोजनाले दूध, घ्यू, दही, पाउडर दूध, पनिर, चीज, मख्खन लगायत बनाएर विक्री गर्दै आएको छ । सोही विक्रीबाट उसले किसानलाई भुक्तानी गर्ने हो । निषेधाज्ञाका कारण विक्री घटेपछि भुक्तानीमा समस्या भएको आयोजनाका विराटनगर प्रमुख गणेश यादवले बताए । आयोजनाले दैनिक संकलन गर्ने २६ हजारदेखि ३० हजार लिटरमध्ये झण्डै २० हजार लिटर दूध इलामबाट मात्रै आउने गरेको छ । यसबाहेक धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरीका किसानले पनि संस्थान मातहतकै दुग्ध वितरण आयोजनालाई दूध बेच्ने गरेका छन् । निजीक्षेत्रका डेरीले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म मूल्य दिने गरेका छन् । तर, सरकारी संस्थानले प्रतिलिटर ४५ देखि ४६ रुपैयाँसम्म दिने गरेका छन् । आयोजनाका अनुसार दैनिक तीन हजार लिटर दूध मात्रै विक्री हुने गरेको छ । एक हजार लिटर हाराहारी दही र बाँकी पाउडर विक्री हुन्छ । तर, दूध र दही विक्री नभएपछि पाउडर उत्पादन गरी स्टक गरिएको छ । आयोजनासँग अहिले २६० टन पाउडर दूध छ । यस्तै ६० टन मख्खन र ५ टन घ्यू छ । ‘यस्तै अवस्था रहिरहने हो भने मिल्क होलिडे गर्नुको विकल्प हुन्न,’ आयोजना प्रमुख यादवले भने । विवाह, ब्रतबन्ध लगायतका अनुष्ठान र पार्टीहरू नहँुदा उत्पादित दुग्ध पदार्थ गोदाममै थन्क्याउनु परेको उनले बताए ।