दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मुसरियामा शुक्रबार राति लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बलज्वालामाई गण भालुवाङमा कार्यरत दुई सशस्त्र प्रहरीको मृत्यु भएको हो ।