काठमाडौं : पदाधिकारी टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। स्थायी कमिटी बैठकबाट हिजै पदाधिकारी टुंगो लगाउने भनिए पनि पटकपटक समय सारेर आजसम्मका लागि स्थगित गरिएको थियो। आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउने छन्। महाधिवेशन भएको लामो समय वितिसक्दा पनि माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन। गत असार १८ गते बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउन