काठमाडौँमा बिहानैदेखि वर्षा, नदी तटीय क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वा...

सम्बन्धित सामग्री

बाँकेको राप्ती नदीले सतर्कता तह नाघ्यो, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । बाँकेको राप्ती नदीले सतर्कता तह पार गरेको छ ।  बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको हो । महाशाखाले आज दिउँसो १२:५० बजे एसएमएसमार्फत नदी बहाव अझै बढिरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।