जनशक्ति अभाव झेल्दै परराष्ट्र मन्त्रालय

काठमाडौं : जनशक्ति अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गम्भीर असर परेको छ।परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ। राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर्ने सेवा नै प्रभावित हुने गरेको छ। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय र पर्यटन समितिको बैठकमा केही दिनअघि प्रस्तुत गरेको प्रतिवेदन अनुसार पनि मन्त्रालयमा जनशक्तिको