प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ ।  नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मङ्गलवार मधेस प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गर्नुभएको छ । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गर्नुभएको हो । महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी...