रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् गाली बेइज्जतीको मुद्धा

राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध जिल्ला अदालतमा मुद्धा हालेकी छन् । वलीले पन्तलाई विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको भन्दै पन्तलाई विपक्षी बनाई क्षतिपूर्ति तथा मुद्धामा लागेको खर्च दिलाई पाउँदै मुद्धा हालेकी हुन् । उनले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छन् । जिल्ला अदालत काठमाडौंमा उनको मुद्धा दर्ता भएको छ ।