राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् । साथै प्रमुख दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाउँदा वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको उनले बताए ।