नेपाल समूहको बैठकमा ‘आत्मसम्मान’को खोजी

सरकारमा सहभागिता कि पार्टी एकता भन्नेमा धारणा तय गर्न बसेको एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्मान गिराएर एकता गर्न नहुने मत बलियो भएको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा नेता नेपालले नै आत्मसम्मान गिराएर जान नसकिने धारणा राखेका हुन् ।