कमल थापालाई चुनौति, राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै अशोक लिङ्देन

काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । लिङ्देन शक्तिशाली नेता धवलशमशेर राणासँग गठबन्धन गरेर उम्मेदवारी दिने भएका हुुन् । आजैमात्र होटल एल्लो प्यागोडामा लिङ्देन–राणाको प्यानल घोषणा गरिदै छ । नेपालगञ्जका उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले महासचिवमा उम्मेदवारी दिने भएका छन् […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्षमा डा. लोहनीको समर्थन लिङ्देनलाई

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताए । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्‍याउन नहुने […]

कमल थापाले फेरि राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरे

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गरेका थिए […] The post कमल थापाले फेरि राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले फेरि अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङजस्ता नेताहरुको नाम स्मरण गरेका थिए । उनले […]

पार्टी नफुटाउने सङ्कल्प गर्दै कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।२०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताक