काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको पुष्टि भएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो […]