अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय यात्रु प्रभावित भएका छन् । प्राविधिक समस्याका कारण सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलमा आगमन तथा प्रस्थान गर्ने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको विद्युतीय अध्यागमन प्रक्रिया प्रभावित भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रणाली अवरुद्ध भएपछि तीनवटै विमानस्थलका अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरूको लामो लाइन लागेको थियो । विद्युतीय […]