प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई ससः त्वा हस्पिटालिटीमा विशेष छुट

ससः त्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर ३, सागलस्थित ससः त्वा र प्रभु बैंकबीच बिहीबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जनले हस्ताक्षर गरेका छन्। […]