हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

यो प्रतिष्ठानलाई नेपालको नमूना मेडिकल युनिभर्सिटी बनाउन सकिन्छ। यसका लागि ऐन–नियमावली संशोधन गर्ने क्रममा छौँ। अब छिट्टै नियमावली पनि संशोधन हुन्छ। सबैको सहमति भयो, राजनीतिक समझदारी भए यो प्रतिष्ठान मेडिकल युनिभर्सिटी बन्न कसैले रोक्न सक्दैन।