प्रदेश र स्थानीय तहको अधिकार प्रत्यायोजनका लागि संघीय सरकारलाई लुम्बिनीका मुख्यमन्त्रीको ध्यानाकर्षण

संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार आयोजित सरसफाइ कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले संविधानबाट प्राप्त गर्नुपर्ने सबै अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएको उल्लेख गर्दै बाँकी अधिकार हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।