ओखलढुङ्गा । जिल्ला भलिबल संघ ओखलढुङ्गाको अध्यक्षमा नारायण काजी राईलाई निर्विरोध चयन गरिएको छ । यही भदौ ३१ गतेका दिन ओखलढुङ्गा सदरमुकाममा गरिएको चौथो अधिवेशनले राईको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो । जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष अनित बहादुर गुरुङको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनले उपाध्यक्षमा विमल श्रेष्ठ र योगेन्द्र राईलाई चयन गरेको […]