भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता

काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नहुँदासम्म मासिक आवास भाडा तथा अन्य आवश्यक खर्चका लागि सहायता रकम उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ। सहायता लिन नचाहने परिवारका लागि भने सरकारले स्थायी आवास निर्माण नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प दिएको छ। आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्। सरकारले बाढीबाट […]