काठमाडौँमा बढ्दो शव व्यवस्थापन चुनौती, वैकल्पिक उपायबारे छलफल

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि मृतकको संख्या बढ्दै जाँदा राजधानीमा संकलित शवको व्यवस्थापन जटिल बन्दै गएको छ। अस्पतालमा राख्न सकिने क्षमताभन्दा बढी शव जम्मा भएपछि व्यवस्थापनका लागि वैकल्पिक उपायबारे काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले छलफल अघि बढाएका छन्। यसअघि चितवनमा अस्पतालको क्षमताले धान्न नसकेपछि शवलाई जमिनमा राखेर व्यवस्थापन गरिएको थियो। […]