किशोर श्रेष्ठको पक्राउले प्रेस स्वतन्त्रतामाथि प्रश्न, महासंघ सडकमा

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनसँग सम्बन्धित विषयमा प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघको नेतृत्वमा बिहीबार पत्रकार तथा सञ्चारकर्मीले जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धर्ना दिँदै श्रेष्ठको विनाशर्त रिहाइको माग गरेका हुन्। श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी […]