हिम्लुङमा हिमपहिरो : हेलिकप्टरबाट खोजी, उद्धार टोली घटनास्थलमा

पोखरा । मनाङको नार–फू क्षेत्रमा पर्ने हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। हेलिकप्टरबाट हवाई खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर बेपत्ताको खोजी गरिरहेको छ। प्रशासनका अनुसार हिमपहिरोमा परेर करिब १० जना सम्पर्कविहीन भएको भनिए पनि वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। घटनापछि विभिन्न स्रोतबाट फरक–फरक […]