काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गत शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् […]