बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका हुन् । झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन्।