सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए। मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले […]