काठमाडाैं। संखुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा साेमबारदेखि शुरु भएको छ। टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् । टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि भएकाे बताउनुभयाे। टेलिकमका इन्जिनियर आशिष आचार्यको […]