काठमाडौंका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागूऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुग्नुभएको थियो । उहाँजस्ता सूईद्वारा लागूऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी, आप्रवासी कामदार र कैदीबन्दी एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् ।