प्रि - ओपन सेसनमा ३.६८ अंकले बढ्यो नेप्से परिसूचक

माघ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ३ दशलमव ६८ अंकले बढेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८७५ दशलमव ७३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ३२ ओटा कम्पनीको ३ हजार ५०२ कित्ता शेयर रू.१८ लाख ४४ हजार ३१९ मा खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री छ्याङदी हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. ५ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  अघिल्लो कारोबार दिन सोमवार भने नेप्से परिसूचक १३ दशलमव ४८ अंकले घटेर २ हजार ८७२ दशमलव शून्य ५ विन्दुमा बन्द भएको थियो । उक्त दिन २२५ ओटा  धितोपत्रको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर ६९ हजार ७७० पटकमा रू. ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ मा खरीदविक्री भएको थियो ।