पाकिस्तानलाई सैन्य साझेदारको सूचीबाट हटाउने अमेरिकाको तयारी

अमेरिकी संसद्को ११७औं अधिवेशनको पहिलो दिन सांसद एन्डी बिग्सले पाकिस्तानलाई अमेरिकाको प्रमुख साझेदारको सूचीबाट हटाउने प्रस्तावसहितको एक विधेयक प्रस्तुत गरेका छन् ।    रिपब्लिकन पार्टीका बिग्सले प्रस्तुत गरेको विधेयकले पाकिस्तानलाई प्रमुख गैरनेटो साझेदारबाट हटाउने प्रस्ताव गरेको छ । साझेदारको हैसियतमा पाकिस्तानले अमेरिकी हतियार तथा सहकार्यात्मक रक्षा अनुसन्धान र विकास परियोजनामा सहभागिता पाउने गरेको थियो ।  पाकिस्तानमा हक्कानी नेटवर्कको सुरक्षित वास तथा खुला गतिविधिलाई रोक्नका लागि उल्लेख्य सैन्य कारवाही...