विदेशी ऋण लिन पाउने सीमा तोकियो, अब जीडीपीको एक तिहाइसम्म लिन पाइने

सरकारले लिने विदेशी ऋणमा सीमा तोकिएको छ । यसअघि सरकारले पाएसम्म र चाहेसम्म विदेशी ऋण लिने गरिएकोमा त्यसलाई व्यवस्थित गर्न कानुनै बनाएर सीमा तोकिएको हो । सरकारहरूले जथाभाबी रुपमा ऋण लिएर देशलाई नै संकटमा पार्ने गरेका घटना बढ्दै गएको समयमा नेपालमा भने कानुन नै बनाएर विदेशी ऋण लिन सक्ने सीमा तय गरिएको छ । संसदले बनाएको ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ विदेशी ऋणको सीमा तोकिदिएको हो । सो ऐनमा सरकारले विदेशी ऋण लिँदा अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनको एक तिहाईले हुन आ