वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनमा एमाले र जनता समाजवादी पार्टीबीचको गठबन्धनले जित हासिल गरेको छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यलगायत सबै पदमा एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। समितिको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टीका निरञ्जनप्रसाद सा सोनार १५ मत ल्याएर विजयी भएका छन्। […]