लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा र रुकुम पूर्वमा १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशन सम्पन्न भएको हो । यस क्रममा अधिकांश स्थानमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।अर्घाखाँची र रुपन्देहीका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । रुपन्देहीको बुटवल, देवदह, सैनामैना र तिलोत्तमा नगरपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाणले