काठमाडौं । नेपाल बार एशोशिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध फेरि आन्दोलन सुरु गर्ने भएको छ । कोरोनाभाइरस संक्रमणका कारण केही समय स्थगित भएको आन्दोलन आइतबारबाट भौतिक रुपमा नै जारी रहने बारले जनाएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतबार विहान ११ देखि १२ बजेसम्म सर्वोच्चमा आन्दोलन हुने बताए ।