उम्मेदवारको खर्च सीमाभन्दा १३६ प्रतिशतसम्म बढी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा १३६ प्रतिशतसम्म बढी खर्च गरेको पाइएको छ । इन्टरनेशनल फाउण्डेसन फर इलेक्टोरल सिस्टम (आईएफईएस)को सहयोगमा सामूहिक अभियानले गरेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।