देशको अर्थतन्त्रको ऐनाका रूपमा बुझिने सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत २०७८ भदौ २ गते सबैभन्दा उच्च बिन्दु तीन हजार २०० पुगेको थियो । विसं २०७९ असारमा नेप्से परिसूचक झरेर एक हजार ८०० का बिन्दुमा आइपुगेको थियो । यो आलेख तयार गर्दै गर्दा नेप्से एक हजार ९६५ का बिन्दुमा छ । करिब २२ महिनाका अवधिमा नेप्से एक हजार ८०० र दुई हजार २०० का बिचमा घुमिरहेको छ । सेयर बजार सुधारका लागि यसबिच केही प्रयास भएका छन् । नयाँ दलाललाई इजाजतपत्र वितरण, बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने, केन्द्रीय बैङ्कले आफ्नो कठोर नीतिलाई केही लचिलो बनाई सेयर धि