बाँके : कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेका बेला बाँकेमा उपचाररत कोरोना संक्रमित निको हुने क्रम पनि बढ्दै गएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो १ हप्तामा जिल्लाका ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।यसरी संक्रमणमुक्त हुनेहरूमा अधिकांश होम आइसोलेसनमा बसेका संक्रमित हुन्। कोरोना पुष्टि भएको १० दिनपछि लक्षण चिन्ह देखिएको बिरामीलाई उपचारमा लैजाने र लक्षण चिन्ह नदेखिएकालाई संक्रमणमुक्त भएको मानिने गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क