पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा शनिबार भएको लिग चरणको खेलमा एनआरएनएले दिएको १२६ रनको लक्ष्य गण्डकीले १४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। जितसँगै गण्डकीले प्रतियोगितामा दुई अङ्क जोडेको छ। टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई […]