भुसाल भोलि नेकपा एसमा समाहित हुँदै, एमाले छाड्न गरेको प्रस्ताव उनीनिकट अधिकांशले मानेनन्

काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् । भुसालले नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरुलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् । […]