समर्थन फिर्ता नलिए पनि सरकारका असंवैधानिक कदमलाई समर्थन गरेका छैनौं : शक्ति बस्नेत
'सरकारलाई दिएको समर्थन कायम राख्नुको अर्थ सरकारका अलोकतान्त्रिक र असंवैधानिक गतिविधिलाई समर्थन गरेको भन्ने होइन,'उनले भने, 'जनमतबाट बनेको संसदलाई जनबलले बचाइदियो, त्यसैको रक्षा गर्न समर्थन कायमै राखेका हौं ।'