सिरहामा कटुवा पेस्तोलसहित पक्राउ

सिरहा – इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली […]

सम्बन्धित सामग्री

कटुवा पेस्तोलसहित एक जना पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल र ४ राउण्ड गोलीसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली राउण्ड एक, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान, एनसेल सिम एक थान र नागरिकताको प्रतिलिपि एक थानसमेत फेला पारी रीतपूर्वक बरामद ग

पेस्तोलसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

चितवन– कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको […]

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

चितवन – कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ। जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको […]

एक थान कटुवा पेस्तोलसहित पक्राउ

बारा, १२ पुस। परवानीपुर गाउँपालिका-४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवानलाई १ थान कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरमा देवानलाई उक्त हतियार सहित फेला पारेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान भइरहेको छ ।-File Photo

रुपन्देहीमा कटुवा पेस्तोलसहित पक्राउ

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित  एक युवक पक्राउ  परेका छन् । प्रहरीले स्थानीय २८ वर्षीय सन्दीप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पेस्तोल लिएर हिडेको सुचनाको आधारमा  वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।यस्तै प्रहरीले बुटवल उपमहानगरपालिका–५ नेपालगन्ज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अव

धनुषामा कटुवा पेस्तोलसहित २ जना पक्राउ

जनकपुरधाम : धनुषामा हतियारसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका – २ बस्ने  २५ वर्षीय उत्तिमलाल पासमान र  १९ वर्षीय निपुल यादव छन्।उनीहरुलाई आज बुधबार साँझ ६ बजे यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५ सय मिटर उत्तरमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ

दुई थान कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६ बाट भारतीय युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले भारतको सितामढी घर भएका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ नाल कटुवा पेस्तोल, २ राउण्ड गोली र दुई सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।आइतबार साँझ भारतीय नम्बरको मोटरसाइकलमा सकलदिप नेपालतर्फ आएका थिए । कानुनी कारवाहीका लागी उनलाई सशस्त्र प्रहरीले स्थानिय प्रहरीको जिम्मा लगाएको छ ।

कटुवा पेस्तोल र गोलीसहित सुनसरीबाट एक पक्राउ

प्रहरीले कोसी गाउँपालिका-४ बाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका-१ का तालिम मन्सुरी छन्।