नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
मंगलवार बिहान साढे ११ बजेबाट स्थायी कमिटी बैठक शुरू भएको हो ।
बैठकमा समसामयिक राजनीति र संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको एजेण्डा रहेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म सदस्यता अद्यावधिक गर्ने समय दिएको छ । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ । त्यसको तयारीका लागि भएका काम र आगामी योजनाका विषयमा बैठकमा छलफल हुने नेताहरू...