संखुवासभामा वस्तुभाउमा छालाको रोग देखिएपछि कृषक चिन्तित

संखुवासभा–संखुवासभाको विभिन्न ठाउँहरुमा वस्तुभाउमा छालाको रोग (लम्पी स्कीन डिजिज) देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. २ र ६ मा यो रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले बताउनुभयो । उहाँको अनुसार, खाँदबारी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ ।  खाँदबारी नगरपालिका–२ र...