काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई आयोगमा बोलाएर सनाखत गर्दा यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। सनाखतमा यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ रहेका थिए।