काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवासम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल हक्की संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । […]
२६ पुस, काठमाडौं । नेपाल हक्की संघले नेपालमा हक्की खेलको विकास र विस्तार गर्ने लक्ष्यसहित सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ । साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ । कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री […]
सिमकोट – २०८१ सालमा सञ्चालन हुने दशाँै राष्ट्रिय प्रतियोगिताअन्तर्गतको हक्की खेल हिमाली जिल्ला हुम्लामा हुने भएको छ। कर्णाली प्रदेशबाट हक्की खेलमा सहभागिता जनाउने खेलाडी सबै हुम्लाकै भएका कारण कर्णाली प्रदेश हक्की संघ उक्त निष्कर्षमा पुुगेको हो। संघका जिल्ला अध्यक्ष रामजन रावतले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको हक्की खेल हुम्ला जिल्लामा हुने पत्र आफूलाई प्राप्त भएको बताए। […]
पोखरा : असोज २८ देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ।
हक्की मैदानको घाँस बुधवारमात्रै काट्न सुरु गरिएको थियो। हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको थियो भने महिला हक्की गण्डकी बोर्डिङ…
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघले जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा अर्को महिना चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा पुस १३ देखि १७ गते सम्म हुने सञ्चालन हुने हक्की संघले जनाएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक विभागिय टोली नेपाली सेनाको […]