सियोल- उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताहरू दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू मानिएका धेरै प्रोजेक्टाइलहरू’ पत्ता लगाइएको छ । […]