मर्जरमा जाने बैंकहरुले राष्ट्र बैंकबाट पाउने छन् यस्ता छुट सुविधा

  बैंक तथा वित्तीय संस्थाहरु मर्जमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोवार गरेमा विभिन्न छुट पाउने भएका छन् । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै नयाँ प्रावधानहरु सार्वजनिक गरेको हो।जस अनुसार  वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोवार संचालन गरेमाविद्यमान व्यवस्थाको अतिरिक्त देहाय बमोजिमका थप सुबिधा तथा छुट एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।-वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।-वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।- २०७९ पुस मसान्त भित्र गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷पुनः नियुक्त हुन बाधा पर्ने छैन ।- वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एव स्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिनेछ ।-वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा यस बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ । 

सम्बन्धित सामग्री

स्मार्ट डोकोको ‘हाम्रो स्मार्ट तिहार’ अफर, यस्ता छन् विशेषता

स्मार्टडोकोले यो तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker, Hornbull, Virjeans, Luminarc, जस्ता ब्रान्डका समानहरु खरिद गरेमा ६० प्रतिशतसम्म छुट पाउने छन् ।यसपटक ग्राहकहरूले भाईको कोसेली, बहिनीलाई उपहार, धन्तेरस र घरमा तिहार वर्गमा छुट पाउने छन् ।स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन्। यो अफर १२ कार्तिक १६ कार्तिकसम्म मान्य हुनेछ।

एनएमबिका ग्राहकले मार्टमा १० प्रतिशतसम्म छुट पाउने

चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापनादेखि बिगमार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको क्यास ब्याक सुविधा पाउन सक्ने बैंकले जनाएको छ । यो सुविधा सीमित अवधिको लागी मात्र उपलब्ध रहने बताइएको छ ।बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आएको छ […]

एनएमबि बैंकका ग्राहकले अब इभो स्टोर र ओलिजमा फ्ल्याट १५०० क्यासब्याक पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर सार्वजनिक  गरेको छ । घटस्थापनाको दिनदेखि इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा रु ३०,००० सम्मको खरिदमा फ्ल्याट रु. १,५०० क्यास ब्याक सुविधा पाउन पाइरहेका छन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।  बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बै‌कले जनाएको छ ।

एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १०% देखी रु. ३०० सम्मको क्यास ब्याक सुविधा  पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।  बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट...

बिग मार्टमा एनएमबीका ग्राहकलाई १० प्रतिशतसम्म छुट

काठमाडौँ– बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबी बैंकले महाछुट अफर प्रस्तुत गरेको छ। बैंकले दसैँको घटस्थापनादेखि बिग मार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको क्यास ब्याक सुविधा पाउने महाछुट अफर ल्याएको हो। यो सुविधा सीमित अवधिको लागिमात्र उपलब्ध रहने बैंकले जानकारी दिएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता […]

एनएमबिका ग्राहकले अब इभो स्टोर र ओलिजमा १,५०० रुपैयाँ क्यासब्याक पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा रु ३०,००० सम्मको खरिदमा फ्ल्याट रु. १,५०० क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।  बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।...

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा विशेष छुट

दशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो । अस्पतालले अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउने अस्पतालले जनाएको छ । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको जनाएको छ ।

खाेप र अक्सिजन ग्यास उत्पादन गर्ने उद्याेगले छुटसहित विभिन्न सुविधा पाउने

काठमाण्डाै - कोभिड–१९ तथा सङ्क्रामक रोगविरुद्धको खोप उत्पादन गर्ने उद्योग र तरल अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यस्ता उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पूँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनःकर्जाको दरमा सहुलियत कर्जा पाइरहेका ...

एनएमबी बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्मको छुट

काठमाडौं (अस) । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई ईएनएमबी मोबाइल बैंकिङमार्फत भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबार फलफूल तथा तरकारी खरिद गर्दा २५ प्रतिशत वा. ३ सय रुपैयाँसम्मको छुट पाउने  सम्झौता गरेको छ ।बैंकले सेवा विस्तारका क्रममा ग्राहक लक्षित यस्ता सुविधा दिइँदै आएको बताएको छ ।  बैंकले हाल १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबिका ग्राहकहरुलाई बिगमार्टमा २५% सम्मको छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् ।बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।