वेष्ट फाइनान्सको संस्थापक शेयर विक्रीमा

पुस २५, काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले आठ जना सञ्चालकको नाममा रहेको कुल १ लाख १५ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।  पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीलाई दिनुपर्ने भन्दै कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीस्थित प्रधान कार्यालयमा निवेदन दिन भनेको छ ।  उक्त अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्न सकिने  पनि कम्पनीले बताएको छ ।