मुम्बईको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। डीवाई पटिल स्टेडियम मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो। राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए भने तिलक बर्माले ३५ रन बनाए। त्यस्तै इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउ