सवारीचालक अनुमतिपत्र: 'क्यूआर'युक्त लाइसन्स दिन प्रदेशहरूलाई बाटो खुला, 'स्मार्टकार्ड' पाउन बाँकी २८ लाखलाई के हुन्छ? - BBC News नेपाली
चिप्सयुक्त कार्ड लाखौँको सङ्ख्यामा वितरण गर्न नसकिरहँदा सरकारले राजधानीसहित विभिन्न प्रदेशबाट एक वर्षको परीक्षणकालीन सवारीचालक अनुमति पत्र जारी गर्यो। अहिले त्यो पनि धेरैतिर रोकिएको अवस्थामा छ।
२ असोज, काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज […]
यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमतिपत्र निर्देशिका २०७७’ गण्डकी प्रदेशमा आइतबारदेखि औपचारिक रुपमा लागू भएको छ। प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले...
विराटनगर : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने भएका छन्। यातायात व्यवस्था सेवा कार्यालय, धनकुटा र उदयपुरले मंगलबार एक सूचना जारी गर्दै प्रयोगात्मक परीक्षामा परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने जानकारी गराएका हुन्।सेवा कार्यालयले आगामी फागुन ५ गतेदेखि हुने परीक्षामा आफ्नै सवारीसाधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो। परीक्षार्थीको सवारीसाधन कानुनबमोजिम मान्यता पाएको हुनुपर्ने सूचनामा उ
काठमाडौं : सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) व्यावसायिक र निजी प्रयोजनका लागि छुट्टाछुट्टै दिने तयारी गरेको छ।सरकारले सवारी दुर्घटना कम गर्न र चालकलाई जिम्मेवार बनाउने भन्दै यस्तो व्यवस्था गर्न लागेको हो।यातायात व्यवस्था विभागले ल्याएको ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०७७’ मा उक्त नियमको व्यवस्था गरेको छ।विभागका अनुसार नयाँ नियम ड्राफ्ट गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइएको छ। पारित भएपछि लागू हुनेछ।‘चालकलाई जिम्मेवार बनाउनका लागि पनि यस्तो नियम ल्याउन
१० मंसिर, भरतपुर । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र […]
सुर्खेत (अस) । यातायात व्यवस्था कार्यालय, सुर्खेतले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू गरेको छ । परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू भएसँगै ट्रायल परीक्षा पास गरेका नयाँ सेवाग्राहीले चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ भने स्मार्टकार्ड पर्खिनु नपर्ने भएको छ ।
सुर्खेतमा आइतवार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरणको शुभारम्भ गरेका हुन् । उनले ट्रायल परीक्षा पास गरेकालाई लाइसेन्स नपाएर समस्या खेप्नुपर्ने बाध्यता अन्त्य भएको बताए । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुर्खेतसहित सहित देशका विभिन्न भागमा सो निर्णय लागू भएको छ । ट्रायल परीक्षा पास गरेपछि १ वर्षसम्मको अवधि राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको हो । यो अवधिमा पाँच गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्दन चपाईंले जानकारी दिए । उनले यसअघि पास भएका चालकलाई यातायात कार्यालयले रसिद दिँदै आएकोमा अब क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण गरिने बताए ।
ट्रायल परीक्षा पास गरेर राजस्व तिरेको रसिद देखाउँदा पनि ट्राफिक प्रहरीले जरीवाना लगाउने गरेको गुनासो बढ्दो थियो । क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण हुने भएपछि सेवाग्राहीले भोग्दै आएको समस्या पनि समाधान हुने भएको छ ।
नयाँ सवारी चालक अनुमतिपत्र बाहकले लिखित तथा ट्रायल परीक्षा पास गरेपछि राजस्व दाखिला गरी रसिद काटेकै दिन परीक्षणकालीन कार्ड उपलब्ध गराइने यातायात व्यवस्था कार्यालयका प्रमुख चपाईंले जानकारी दिए । ‘क्यूआर कोड जडित कार्ड नक्कली हो कि सक्कली हो भन्ने परीक्षण गर्न सकिन्छ,’ चपाईंले भने । लामो समयदेखि नयाँ स्मार्टकार्ड अभाव भइरहेका बेला परीक्षणकालीन कार्ड वितरणले सेवाग्राहीलाई सहज हुने उनले बताए ।
स्मार्ट कार्ड नहुँदा दोष खेपिरहेका यातायात कार्यालयका कर्मचारीलाई समेत उक्त व्यवस्थाले राहत दिएको छ । हालैमात्र चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेका नयाँ सेवाग्राहीलाई परीक्षणकालीन कार्ड दिने व्यवस्था गरिएको कार्यालयले बताएको छ । इगलआई आईटी सर्भिस र मालिका इन्कर्पाेरेट प्रालिको प्राविधिक सहकार्यमा देशभर परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्थापन मिलाइएको हो ।