विपन्न र अनाथ ४ सय बालबालिकालाई शैक्षिक सामाग्री

कपिलवस्तुको बुद्धभुमी नगरपालिका भित्रका बाल बिकास केन्द्र देखि कक्षा ५ सम्म अध्ययरत ४ सय बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री बाँडिएको छ।...

सम्बन्धित सामग्री

बुद्धभुमीका ४ सय बालबालिकालाई शैक्षिक सामाग्री

सुशील गैरेकपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री वितरण गरेको छ । नगरपालिका भित्रका विद्यालय र मदार्सामा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ४ सय विपन्न र अनाथ बालबालिकालाई झोला, कापी, कलम सहितको शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । मेयर केवश कुमार श्रेष्ठ, उप मेयर मीरा थारु प्रमुख प्रशाकीय अधिकृत रमेश […]

वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकद्वारा विविध कार्यक्रम

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ  । बैंकको क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।  बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरु बाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदना, बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेताना, विपन्न परिवारका विद्ययार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न बर्गका विद्यार्थिलाई न्यानो कपडा वितरण, वालमन्दिरका वाल बच्चाहरुलाई फलफुल वितरण, अनाथ आश्रममा आश्रितलाइ स्वास्थ सामाग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरुमा डस्टविन वितरण जस्ता कार्यहरु गरेर बैंकको १५औ बार्षिक उत्सव मनाएको बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनालले जानकारी दिए  । त्यस्तै बैंकले विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई रुदुई लाख पचास हजार  र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई रु एक लाख  आर्थिक सहयोग गरेको हो ।बैंकले बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टविन वितरण पनि गरेको छ । बैंकले  नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण गरेको हो।  बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन्  ।